बझाङमा घाँस काट्ने क्रममा भीरबाट लडेर गंगा भण्डारीको मृत्यु

  सोमबार ०४, मङि्सर २०८० १५:२६

बझाङ। बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको केदारस्युँ गाउँपालिका -१ चौडामकी ४७ बर्षिय गंगा देवी भण्डारीको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्युु भएको हो।

भण्डारी आइतबार दिउँसो १:३० बजे सोही वडाको जाइझुली भन्ने भीरमा घाँस काट्ने क्रममा लडेकी थिइन्। पारिवारिक स्रोतले भने बेलुकी ७ बजे मात्रै थाहा पाएको बताएको छ।

clock सोमबार ०४, मङि्सर २०८० १५:२६

प्रतिक्रिया