कैलारी गाउँपालिकामा आज शोक विदा

  सोमबार ०४, मङि्सर २०८० ०६:४५

धनगढी । कैलालीको कैलारी गाउँपालिकामा आज शोक विदा दिइएको छ।

कैलारी गाउँपालिकामा कार्यरत सब ओभरसियर सहायक चौथौ तहका स्वर्गीय विशेष चौधरीको निधनपछि गाउँपालिकाले आज (सोमवार) शोक विदा दिइएको हो। 

साथीहरुसँग टीकापुर घुम्न गएका चौधरी कार्तिक २५ गतेदेखि कर्णाली नदिमा बेपत्ता भएका थिए। शुक्रवार उनको शव टीकापुरको दौलतपुर घाटमा फेला परेको थियो। स्वर्गीय चौधरीको आज अन्त्येष्टी गरिएको छ। 

कैलारी गाउँपालिकाको कार्यालय, वडा कार्यालय, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थामा समेत अति आवश्यक सेवा बाहेक शोक बिदा दिने  निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विरबहादुर ऐरले बताए। 

clock सोमबार ०४, मङि्सर २०८० ०६:४५

प्रतिक्रिया