आज उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन गरिँदै

  सोमबार ०४, मङि्सर २०८० ०६:३४

धनगढी । कार्तिक शुक्ल सप्तमी, मिथिलाञ्चल मूल थलो भएकाहरूले आज (सोमबार) उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ समापन गर्दैछन्।

पूजाका लागि नदी, तलाउ किनारमा बनाइएका छठघाटमा उनीहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिन लागेका हुन्। आइतबार अपराह्न व्रतालुले अस्ताउँदो सूर्यलई अर्घ्य दिएका थिए।

प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीका दिन व्रत आरम्भ गरी सप्तमीको दिन पूरा गरिन्छ। छठमा विशेषगरी सूर्य र छठी माताको पूजाआराधना गर्ने परम्परा छ।

विधिपूर्वक उपासना गर्नाले पारिवारिक सुखसमृद्धि हुने र छालाका रोग नाश हुने विश्वास गरिन्छ।

clock सोमबार ०४, मङि्सर २०८० ०६:३४

प्रतिक्रिया