सुदूरपश्चिमको धनगढीमा पहिलोपटक मासुको अचार उद्योग सञ्चालनमा

  आइतबार ०३, मङि्सर २०८० १३:४४

धनगढी । सुदूरपश्चिममै पहिलो पटक कैलालीको धनगढीमा मासुको अचार उद्योग सञ्चालनमा आएको छ। धनगढी उपहानगरपालिका–१९ फुलबारीस्थित पच्चीसघरमा नन्द भाउजूले ‘हाम्रो नेपाली मिठो अचार’ नामक अचार उद्योग सञ्चालनमा ल्याएका हुन्।

पच्चीसघरका नन्दभाउजू नाता पर्ने रिना बस्नेत र शान्ति कार्कीले मासुलगायत एघार किसिमको अचार उपलब्ध गराउने गरी उद्योग सञ्चालनमा ल्याएका छन्।

धनगढीमै तीन महिने अचार बनाउने तालिम लिएका बस्नेत र कार्कीले सोमबारबाट आफ्नो उद्योगको अचार बजारमा ल्याएका हुन्।

करिब एक लाखको लागतमा सुरू गरेको अचार उद्योगमा खसीको, लोकल, बोईलर कुखुराको, माछाको लगायत एघार किसिमको अचार बिक्री गर्न राखिएको उद्योग सञ्चालिका रिना बस्नेतले बताइन्।

उनले सुदूरपश्चिममै पहिलो पटक मासुको अचार बजारमा ल्याइएको बताइन्। आधा किलोग्राम र तीन सय ग्रामका डिब्बामा आफ्नो उद्योगको अचार बिक्रीका लागि तयारी अवस्थामा राखेको बताइन्। 

clock आइतबार ०३, मङि्सर २०८० १३:४४

प्रतिक्रिया