बझाङमा अटो दुर्घटना, चार जना घाइते

  आइतबार ०३, मङि्सर २०८० ११:१०

बझाङ । बझाङमा अटो रिक्सा दुर्घटना भएको छ। आतबार बिहान भोपुरबाट चैनपुरतर्फ आउँदै गरेको सुपप्र०१००१ ह ५२३१ नम्बरको अटो दुर्घटनामा परेको हो।

खप्तडछान्ना ७ गडारायका चन्द्रजंग चौहानले चलाएको अटो एक्कासी सडकको नालीमा पल्टिदा अटोमा सवार तीन जना जयपृथ्बी नगरपालिका ११ का ४० वर्षीय कृतिकल्याण जोशीसँगै उनका छोरी प्रेरणा जोशी र छोरा प्रशान्त जोशी घाइते भएका छन्। 

घाइते तीनै जनाको अवस्था सामान्य रहेको र जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिपेश चौधरीले बताएका छन्।

यसअघि दुर्गाथली गाउँपालिका २ मौरीबगरबाट भाँगडा बजारतर्फ जाँदै गरेको अटो रिक्सा पिपलढुस्की भन्ने ठाउँमा अटो दुर्घटना हुँदा ८ जना घाइते भएका थिए।

clock आइतबार ०३, मङि्सर २०८० ११:१०

प्रतिक्रिया