धनगढी बजारमा भएको आगलागीले करिब १८ करोडको क्षति
धनगढी । धनगढी बजारमा मध्यराति भएको आगलागीबाट १७ करोड बढीको क्षति भएको अनुमानित लागत निकालिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले अस्पताल, गोदामसहित पसलमा भएको आगलागीबाट १७ करोड ९७ लाख २० हजार रुपैयाँको क्षति भएको जनाएको छ ।
आगलागीबाट सबैभन्दा बढी क्षति सारथी अस्पताललाई भएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुलदिप चन्दका अनुसार अस्पतालको साढे पाँच करोड रुपैयाँको क्षति भएको छ ।
त्यस्तै खाद्य गोदामको ४ करोड ४० लाख, भण्डारी जनरल स्टोरको ४ करोड २५ लाख, सुदिक्षा इन्टरप्राइजेजको १ करोड २० लाख, शुभिक्षा बेबिसपको ९० लाख, भट्ट सप्लायर्सको ७० लाख, मधुमाला कलेक्सनको ६० लाख बरारको क्षति भएको डिएसपी चन्दले बताए ।
यसैगरी आगलागीबाट भण्डारी सुज सेन्टरको गोदामको ५० लाख, गरिमा पोलिक्लिनिकको ३० लाख र २ लाख २० हजारको एउटा स्कुटर जलेन नस्ट भएको प्रारम्भिक अनुमान गरिएको डिएसपी चन्दले बताए ।
जुत्ता चप्पलको गोदामबाट विद्युत सर्ट भई सुरु भएको आगलागीले अस्पताललगायतका अन्य पसल र गोदाममा क्षति पुर्याएको हो ।
प्रतिक्रिया