सुदूरपश्चिममा तिहारमा सवारी दुर्घटनामा १७ जनाले गुमाए ज्यान

  शुक्रबार ०१, मङि्सर २०८० १४:४८

धनगढी । सुदूरपश्चिम प्रदेशमा तिहारका बेला सवारी दुर्घटनामा परेर १७ जनाको मृत्यु भएको छ। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले तिहारका बेला भएका दुई र चार पांग्रे सवारी दुर्घटनामा १७ जनाको मृत्यु भएको जनाएको छ।

२२ वटा सवारी दुर्घटनामा परेर १७ जनाको मृत्यु र ५४ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक९डीएसपी० अनिल उप्रेतीले जानकारी दिए।

उनकाअनुसार यो दशैंका बेला भएका सवारी दुर्घटनाको तुलनामा झण्डै दोब्बरले बढि हो। प्रदेशमा दशैंका बेला भएका दुर्घटनामा ९ जनाको मृत्यु र ११ जना घाइते भएको तथ्यांक प्रहरीसँग रहेको छ तर तिहारमा भने बढी संख्यामा दुर्घटना भएका हुन् भने मृतकको संख्या समेत बढेको छ।

तिहारको समयमा प्रदेशभर चार हजार एक सय २३ वटा सवारीसाधनलाई कारवाही गरिएको समेत प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।ती सवारीसाधनबाट २६ लाख ८१ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ।

clock शुक्रबार ०१, मङि्सर २०८० १४:४८

प्रतिक्रिया