बैतडीका गोपाल खसी चोर्ने क्रममा समातिए

  शुक्रबार ०१, मङि्सर २०८० १३:३८

बैतडी । बैतडीमा खसी चोरी गर्न खोज्ने एकजना पक्राउ परेका छन्।

जिल्लाको डिलाशैनी गाउँपालिका–५ बिनाबस्ती बस्ने देवसिंह साउँदको गोठबाट खसी चोर्न खोज्ने सोही वडाको लेट्ठेकोठ बस्ने २२ वर्षीय गोपाल नाथलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

बिहीबार राति ९ बजेतिर साउँदको गोठबाट खसी चोर्न लागेका नाथलाई स्थानीयहरुको सहयोगमा साउँदले नियन्त्रणमा लिएको र प्रहरीलाई खबर गरेको बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।

पक्राउ परेका नाथलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर अनुसन्धान भइरहेको छ।

छिमेकीको सुन चोरेको आरोपमा गत साउनमा समेत नाथ पक्राउ परेका थिए। उनलाई अदालतले धरौटीमा रिहा गरेको थियो। 

clock शुक्रबार ०१, मङि्सर २०८० १३:३८

प्रतिक्रिया