धनगढीको स्वस्तिक अस्पतालबाट ल्यापटप चोर्ने सशस्त्रका असई पक्राउ

  शुक्रबार ०१, मङि्सर २०८० ११:१७

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको स्वस्तिक कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल प्रा.ली.बाट ल्यापटप चोरी गरेको आरोपमा सशस्त्र प्रहरीका असई पक्राउ परेका छन्।

एक साता अघि हस्पिटलको काउन्टरमा रहको ल्यापटप चोरी गरेको आरोपमा धनगढी–३ घर भएका सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) रमेश भण्डारी रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कुलदिप चन्दका अनुसार पक्राउ परेका भण्डारीमाथि मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको छ।

उनले रातिको समयमा ल्यावटक चोरी गरेको सिसिटिभीको फुटेजबाट पत्ता लागेको प्रवक्ता डिएसपी चन्दले जानकारी दिए । 

सशस्त्र प्रहरी स्रोतका अनुसार दार्चुला कार्यरत रहेका उनी चोरीको बेला पोखरा ट्रेनिङको लागि पठाइएका थिए। 

चोरीपछि नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई पत्र काटेर सहयोग गर्न आग्रह गरेकोमा सशस्त्रले नै असई भण्डारीलाई पक्रेर प्रहरीलाई बुझाएको थियो।

clock शुक्रबार ०१, मङि्सर २०८० ११:१७

प्रतिक्रिया