कैलालीको गेटामा बालक मृत्यु प्रकरणः आफन्तद्वारा कारवाही र क्षतिपुर्ति माग

  बिहिबार ३०, कार्तिक २०८० १२:२२

धनगढी। कैलालीमा एक क्लिनिक सञ्चालकका भाईले सुइ लगाउँदा बालकको मृत्यु भएपछि मृतकका आफन्तले कारवाही र क्षतिपुर्तिको माग गरेका छन्। कैलालीको गोदावरी नगरपालिका-५ गेटास्थित डिलासैनी क्लिनिकमा सोही ठाउँका पाँच वर्षीय सम्राट ऐरको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

ज्वरो आएपछि मंगलवार साँझ उक्त क्लिनिकमा उपचारकालागि लगिएका भरत ऐरका छोरा सम्राटलाई क्लिनिक सञ्चालक दिनेश धामीका भाई नविन धामीले सुई लगाएलगत्तै मृत्यु भएको थियो। मृत्यु भएका बालकका परिवारजनले क्लिनिक सञ्चालकमाथि कारबाही र क्षतिपूर्तिको माग पुरा नभएसम्म शव नउठाउने अडान लिएका छन्। 

सुई लगाएपछि अचेत भएका ऐरलाई धामीले स्कुटरमा राखेर तत्काल माया मेट्रो अस्पताल पुर्याएका थिए। त्यहाँ पुर्याउनुअघि नै बालक ऐरको मृत्यु भईसकेको थियो। मृतकका परिवाजनले दोषीमाथि कारबाही र क्षतिपूर्तिको माग गर्दै शव उठाउन नमानेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीमा बुधवार दिनभरी पनि सहमतीको प्रयास भएपनि सहमती जुट्न सकेन । बालकको मृत्युपछि प्रहरीले उपचारमा संलग्न व्यक्तिसंगै क्लिनिक सञ्चालक पक्राउ गरेको छ।पक्राउ पर्नेमा क्लिनिकका सञ्चालक धनगढी उपमहानगरपालिका(१३ श्रीलंकाका दिनेश धामी र नविन धामी रहेका छन्।

clock बिहिबार ३०, कार्तिक २०८० १२:२२

प्रतिक्रिया