अछामको पञ्चदेवल नगरपालिकाकी शाखा प्रमुख शर्माको निधन

  बिहिबार ३०, कार्तिक २०८० ११:३१

अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिकाकी महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख भावना कुमारी शर्माको निधन भएको छ।

उपचारको क्रममा काठमाडौंको ब्लड हस्पिलमा बुधवार बिहान उनको निधन भएको नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेले जानकारी दिइन्।

पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर–३ घर भएकी शर्मा नगरपालिकामा बिगत ५ वर्षदेखि महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुखका रूपमा कार्यरत थिइन्। मृतक शर्माको श्रीमान र एक छोरा छन्।    

clock बिहिबार ३०, कार्तिक २०८० ११:३१

प्रतिक्रिया