कैलालीको लम्कीमा मानसिक सन्तुलन ठिक नभएकी युवतीको बलात्कार

  बिहिबार ३०, कार्तिक २०८० १०:५६

धनगढीः । कैलालीमा युवतीको बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्लाको लम्कीचुहा नगरपालिका–३ ढुंगे बजारकी मानसिक सन्तुलन ठिक नभएकी ३० वर्षीया एक युवतीलाई करणी गरेको आरोपमा स्थानीय ४५ वर्षीय प्रकाश जैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

ती युवतीलाई घरमा कोही नभएको मौका छोपी बुधवार साँझ करिब ६ बजे जैसीले करणी गरेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएपछि प्रहरी निरीक्षक हरीराम डाँगीको नेतृत्वमा खटिएको टोलीले जैसीलाई पक्राउ गरेको छ।

clock बिहिबार ३०, कार्तिक २०८० १०:५६

प्रतिक्रिया