श्रीमतीको हत्या अभियोगमा अछाममा एक पक्राउ

  बिहिबार ३०, कार्तिक २०८० ०७:४०

अछाम । अछाममा श्रीमतीको हत्याको गरेको अभियोग श्रीमान पक्राउ परेका छन्। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ३ लाछिमानाकी ४० वर्षीया उर्मिला विष्ट भण्डारीको हत्या गरेको अभियोगमा उनका श्रीमान शेर बहादुर भण्डारी पक्राउ परेका हुन्।

प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा कुटपिट भएको टाउको र शरीरमा चोट लागेको छ। घटनाबारे प्रहरीलाई बुधवार बिहान साढे १० बजे मात्रै खबर भएको थियो। 

विष्टका श्रीमान शेर भण्डारीले मदिरा सेवन गरेका थिए। उनले मदिरा सेवन गरि हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ। महिलाको पोस्टमार्टम रिपोर्ट आउन बाकी रहेको छ।

clock बिहिबार ३०, कार्तिक २०८० ०७:४०

प्रतिक्रिया