धनगढीमा वडाध्यक्षकै घरमा चोरी

  बुधबार २९, कार्तिक २०८० १०:०८

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष धर्मराज ओझाको घरमा चोरी भएको छ। 

गए राति उनको घरमा जडान गरिएका दुईवटा पानी तान्ने मोटर चोरी भएको हो।

वडा नम्बर २ भारतसँग जोडिएको क्षेत्र हो। खुला सिमानाका कारण चोरी हुने गरेको अध्यक्ष ओझा बताउँछन्।

बिहानसम्म प्रहरी टोलीले कुनै चासो नदिएको वडाअध्यक्ष ओझाले बताए। 

उनले भने, ‘भतिजाले चोरी भएको प्रहरीलाई जानकारी दिँदा समेत कुनै टोली आएन। 

अहिले प्रहरी आएको छ। मुचुल्का तयार गरेको छ।’

clock बुधबार २९, कार्तिक २०८० १०:०८

प्रतिक्रिया