यस्तो छ भाइटीकाको दिनको मौसम

  मङ्गलबार २८, कार्तिक २०८० ०७:५०

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसका कारण मौसममा केही बदली भइरहेको छ ।

आज मंगलबार र भोलि (बुधबार) भाइटीकाको दिन सामान्यतया मौसम सफा रहने भए पनि उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको छ ।

मंगलबार र बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिमपात हुने र देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउनसमेत अपिल गरिएको छ ।

clock मङ्गलबार २८, कार्तिक २०८० ०७:५०

प्रतिक्रिया