अछाममा अरिङ्गालको टोकाइबाट महिलाको ज्यान गयो

  बुधबार २२, कार्तिक २०८० ११:५२

अछाम । अछाममा अरिङ्गालको टोकाइबाट एक महिलाकोे ज्यान गएको छ।

जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ पायलका रबिन्द्र देउकरको ३५ वर्षीया श्रीमती सरस्वती देउकरको मंगलबार ज्यान गएको हो । 

दिउँसो आफ्नो घर नजिकै रहेको कोदोबारीमा कोदोको नल काट्ने क्रममा शरिर भरी एक्कासी अरिङ्गालले टोकेपछि उनी घाइते भएकी सरस्वतीको बयलपाटा अस्पतालमा उपचारको क्रममा सोही साँझ ज्यान गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।मृतक देउकरका एउटा १० महिने दुधेबालक सहित ३ वटा नाबालकहरु रहेका छन । 

clock बुधबार २२, कार्तिक २०८० ११:५२

प्रतिक्रिया