लागुऔषधसहित कञ्चनपुरबाट घटाल र भाट पक्राउ

  बुधबार २२, कार्तिक २०८० १०:०४

कञ्चनपुर । लागुऔषधसहित कञ्चनपुरबाट दुईजना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट २.७ ग्राम ब्राउनसुगरजस्तो देखिने धुलो पदार्थसहित कञ्चनपुरकै वेदकोट नगरपालिका–६ का २७ वर्षीय चक्र घटाल र २४ वर्षीय दिल्लीराज भाटलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा उनीहरुको साथबाट उक्त पदार्थ फेला परेको प्रहरीको भनाई छ।

प्रहरीले उनीहरुले प्रयोग गरिरहेको एउटा स्कुटीसमेत नियन्त्रणमा लिएको जनाइएको छ।

clock बुधबार २२, कार्तिक २०८० १०:०४

प्रतिक्रिया