अछाम र डडेल्धुराबाट नगदसहित एकैदिन १८ जुवाडे पक्राउ

  बुधबार २२, कार्तिक २०८० ०९:३४

धनगढी । अछाम र डडेल्धुराबाट नगदसहित एकैदिन १८ जुवाडे पक्राउ परेका छन्।

डडेल्धुराको अमरगढी नगरपालिका–२ भेल स्थित चन्द्र भण्डारीको पुरानो कुखुरा फर्म भित्र जुवातास खेलिरहेको अवस्थामा सोही ठाँउका २४ वर्षीय बिरेन्द्र खडायतसहित ९ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १३ हजार ३५ रुपैँया र तास ३ गड्डीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

यस्तै अछामको पञ्चदेवल बिनायक नगरपालिका–३ कागतोलाका बलबहादुर शाहीको खाली घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाँउ बस्ने ३५ वर्षीय बिनोद शाहीसहित ९ जनालाई मंगलबार राति पक्राउ गरिएको हो।

उनीहरुलाई पनि बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिनायक अछामबाट खटिएको प्रहरी टोलीले नगद ३६ हजार १ सय र तास ४ गड्डीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।
 

clock बुधबार २२, कार्तिक २०८० ०९:३४

प्रतिक्रिया