बाजुराका भूमिहीनलाई निस्सा वितरण

  बुधबार २२, कार्तिक २०८० ०६:३१

बाजुरा । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाजुराको सहकार्यमा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बासोबासीलाई निस्सा वितरण थालेको छ । आयोगले जिल्लामा पहिलोपटक स्वामिकार्तिक खापर गाउँपालिका–३ जुकोटका ३८ जनालाई निस्सा वितरण गरेको हो ।

आयोगका जिल्ला अध्यक्ष जनक रोकायाका अनुसार ‘निस्सा’ भन्नाले लालपुर्जा होइन । ‘यो लालपुर्जा बनाउन पहिलो आधार हो,’ उनले भने, ‘यसपछि स्थानीय तहले सहयोग ग¥यो भने जनताले चाँडै लालपुर्जा पाउनेछन् । निस्सा वितरण पनि सकेपछि मात्र नापी टोली स्थलगत रूपमा खटाउनेछांै ।’

आयोग सदस्य सचिव दिनेश विश्वकमाले तिहारलगत्तै अनलाइन फाराम भरेका अन्य पालिकामा समेत निस्सा वितरणलाई निरन्तरता दिइने बताए । यसका लागि प्राविधिक जनशक्ति तयारीमा जुटेकोसमेत उनले सुनाए ।

स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष भरतबहादुर रोकाया नेपाली भूमिमाथि सबै नेपालीको अधिकार रहेको बताउँछन् । सरकारले देशव्यापी रूपमा भूमिहीन जनतालाई भूमि दिने विषय महत्वपूर्ण भएको उनले टिप्पणी गरे ।

‘हाम्रो गाउँपालिकाबाट कार्यक्रम सुरु भयो, यसमा भूमि आयोगलाई धेरै धन्यवाद छ,’ गाउँपालिका अध्यक्ष रोकायाले भने, ‘निस्सा पाउनेहरूले कसैको विवादित नहुनेगरी आफ्नो जग्गा उपभोग गर्नुहोला, लालपुर्जा नपाउन्जेलसम्म निस्सा सुरक्षित राख्नुहोला ।’

राष्ट्रिय भूमि आयोग जिल्ला समितिका विज्ञ सदस्य निमेन्द्र शाहीले स्थानीय तहले भरपुर सहयोग गरेमा नापीका लागि तुरुन्त टोली पठाउने विश्वास दिलाए । ‘यस वर्षभित्र हरेक सुकमबासीको हातहातमा लालपुर्जा हुनेछन्,’ उनले भने, ‘जिल्लामा भूमिहीनको संख्या शून्यमा पु¥याउनेछौं ।’

स्वामिकार्तिक खापर गाउँपालिका–३ का वडाध्यक्ष प्रेमबहादुर कटेल निस्सा वितरणबाट धेरै हौसला मिलेको बताउँछन् । ‘हामीले जनताको फाराम भर्ने बेला काम हुने हो कि होइन रु भनेर सोचेका थियौं,’ उनले भने, ‘अहिले जनताको हातहातमा निस्सा वितरण गर्न पाउँदा खुसी छौं ।’

clock बुधबार २२, कार्तिक २०८० ०६:३१

प्रतिक्रिया