गोदावरी नगरपालिकाले माग गरेको २४ पदमा सोमबार सम्म ५१९ जनाको आबेदन

  मङ्गलबार २१, कार्तिक २०८० २०:४९

अत्तरिया । गोदावरी नगरपालिकाले विभिन्न पदमा २४ जना कर्मचारी मागेको छ । आज सोमबार सम्म ५ सय १९ जना को दर्खास्त निवेदन परेको छ । दर्खास्त दिने म्याद शुक्रवार सम्म रहेको छ । सबैभन्दा बढी कार्यालय सहयोगीमा २ सय ४७ जनाको आबेदन परेको छ । नगरपालिकाले उक्त पदमा ६ जना माग गरेको छ ।

यस्तै सहायक कम्युटर अपरेटर मा ८७ जनाको आबेदन परेको छ । जहाँ १ जनाको मात्रै माग गरिएको छ । आज सम्म नगर प्रहरी नायब निरीक्षक मा ७ जनाको आबेदन परेको छ भने नगर प्रहरी हवल्दार मा १० जनाको आबेदन परेको छ । हलुका सवारी चालकमा ५१ जनाको आबेदन परेको नगरपालिका स्रोत ले बताएको छ ।

नगर प्रहरी जवान मा ३ जनाको माग गरिएको भए पनि आज सम्म ४६ जनाको आबेदन परेको छ । नगरपालिका को भान्से मा ३ जनाको , कुचिकार मा १२ जनाको , माली मा ८ जनाको , शब बाहन चालकमा ४ जनाको आबेदन परेको छ ।

यस्तै सिभिल इन्जिनियर मा ११ जनाको , कृषि स्नातक मा १३ जनाको ,कानुन अधिकृत मा ३ जना, स्रोत ब्यक्ति मा १० र बाताबरण अधिकृत मा ७ जनाको आबेदन परेको छ । यो संख्या अझै बढ्ने संभावना पनि छ ।

नगरपालिकाले दरबन्दी नै खडा गरेर आबेदन मागेको हो । उनिहरु सबैलाई आन्तरिक स्रोतबाट नगरपालिका ले तलब खुवाउने छ । हाल नगरपालिकामा ९२ जना करारका कर्मचारी रहेका छन् । आन्तरिक स्रोतबाट करारका कर्मचारी को तलबमा मात्रै झन्डै ३ करोड ७६ लाख बढी खर्च हुने गरेको छ ।

clock मङ्गलबार २१, कार्तिक २०८० २०:४९

प्रतिक्रिया