एनसेलको ‘हरेक दिन सरप्राइज सबैलाईस्योर–प्राइज’ योजनामा गोमाकुमारी खरालले जितिन् स्कुटर

  मङ्गलबार २१, कार्तिक २०८० १७:०३

धनगढी । एनसेल आजियाटा लिमिटेडले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर–प्राइज’ योजनाअन्तर्गत सुर्खेतकी गोमाकुमारी खराललाई बम्पर पुरस्कार स्कुटर प्रदान गरेको छ । यो योजना एनसेलको ब्रान्ड प्रतिबद्धता ‘हामीतपाईंकै लागि’अन्तर्गत संचलान गरिएका पहलहरू मध्ये एक हो ।

धनगढीस्थित एनसेल सेन्टरमा मंगलबार आयोजित एक विशेष कार्यक्रममा अभिनेत्री केकीअधिकारीले खराललाई बम्पर पुरस्कार हस्तान्तरण गरेकीहुन् । भाद्र ३१ देखि २८ दिनसम्म संचालनमा रहेको यस योजनामाप्रत्येक ग्राहकलाई दैनिक स्योर प्राइजप्रदान गरिएको थियो र एनसेल सम्बन्धी उत्कृष्ट नारा पठाउने १,००० ग्राहकहरुलाई हरेक हप्ता रु १०० बोनस ब्यालेन्स प्रदान गरिएको थियो ।  

“एनसेलले आफ्ना ग्राहकहरु प्रति देखाएको यो अपनत्वको साक्षीबन्दै यस विषेश योजनाको बम्पर पुरस्कार हस्तान्तरण कार्यक्रममा सहभागी हुनपाउँदा एकदमै खुसी छु । गोमाकुमारी खरालज्यूलाई धेरै–धेरै बधाई दिन चाहन्छु ” अभिनेत्री अधिकारीले भनिन् । बम्पर पुरस्कार जित्न सफल खरालले उत्साहितहुँदै भनिन्, “पहिला त विश्वास नै लागेको थिएन । सेवाको साथै यति ठूलो पुरस्कार पनिपाईयो । एनसेललाई धन्यबाद ।”

यस योजना अन्तर्गत दैनिक रुपमाग्राहकहरुलाई प्रदानगरिएको स्योर प्राइजहरुमा डिजिटल सेवाहरू, ब्यालेन्स, डाटा, टक टाइम र एसएमएसहरु रहेकाथिए । साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका लागि योग्यहुन ग्राहकहरुले सर्त अनुसार एनसेलको बारेमा एउटा नारा पठाएका थिए।

साप्ताहिक बोनस ब्यालेन्स र बम्पर पुरस्कारका विजेताहरू क्रिएटिभ एजेन्सीमार्फत गरिएको नाराहरुको मूल्याङ्कन र विजेता छनोट प्रक्रियाको एक अडिट फर्मद्वारा गरिएको परीक्षणको आधारमा छानिएका थिए । 
यस योजनाअन्तर्गत एनसेलले बम्पर पुरस्कार स्वरूप ७ जनाविजेतालाई स्कुटर उपलब्ध गराउने घोषणा गरेको थियो ।

मंगलबार नै विराटनगर र हेटौँडास्थित एनसेल सेन्टरमाआयोजित छुट्टाछुट्टै कार्यक्रममापनिअन्य २ बम्पर पुरस्कार विजेतालाई स्कुटर हस्तान्तरण गरिएको छ । विराटनगरमा सुनसरीका रोहनशर्मालाई र हेटौडामा चितवनकी रिना ढकाललाई स्कुटर हस्तान्तरण गरिएको थियो । 

बाँकी ४ विजेताले बुधबार र बिहीबार आफ्नो बम्पर पुरस्कार प्राप्त गर्नेछन् । ४५,००० भन्दा बढी नाराहरु पठाई योजनालाई सफलबनाईदिएकोमा एनसेलले आफ्नाग्राहकहरुलाई आभार प्रकट गरेको छ ।

यसैबीच एनसेलले मंगलबार दिउँसो धनगढीस्थित एनसेल सेन्टरमाग्राहक भेटघाट कार्यक्रमको पनिआयोजना गरेको छ । यस कार्यक्रममा नायिका केकीअधिकारीले एनसेल सेन्टरमा आएकाग्राहकहरुसँग अन्तरक्रिया गर्नुका साथै रु. १०० भन्दा बढीको रिचार्ज गर्ने ग्राहकहरुलाई एनसेलका विभिन्न उपहारहरु प्रदान गरेकीथिइन् ।

clock मङ्गलबार २१, कार्तिक २०८० १७:०३

प्रतिक्रिया