डोटीका सुरेशको १८ दिनपछि कंगोमा दाहसंस्कार

  सोमबार २०, कार्तिक २०८० ०९:३२

धनगढी । अफ्रिकाको कंगोमा मृत्यु भएका डोटीको जिल्ला आदर्श गाउँ पालिका–६ अगेडाका २७ वर्षीय सुरेश सिल्लाको १८ दिनपछि हिजो कंगोमा दाहसंस्कार गरिएको छ ।

नेपालमा शव ल्याउन कठिनाई भएपछि परिवारको सहमतीमा कंगोमा रहेका नेपालीहरुले त्यही सिल्लाको दाहसंस्कार गरेका हुन् ।

मलेरिया र जण्डीसबाट सिकिस्त बिरामी भएपछि कंगोको अस्पताल भर्ना गरिएको सिल्लाको लुवुम्बासी स्थित एक अस्पतालमा आइसियुमा उपचार क्रममा मृत्यु भएको थियो ।

उनी भारतको मद्रासमा रहेका भारतीय व्यापारी मार्फत त्यहीबाट छ महिनाअघि कंगो पुगेका थिए । उनी त्यही व्यापारीको घरमा काम गर्दै आएका थिए । सिल्लाको मृत्युपछि ती व्यापारीले ८ लाख भारतीय रुपैया परिवारलाई सहयोग गरेको गैर आवासीय नेपाली संघ कंगोका अध्यक्ष बिष्णु गिरीले बताए ।

अफ्रिकामा कार्यरत नेपालीहरुले सिल्लाको परिवारका लागि आर्थिक सहयोग जुटाईरहेको समेत अध्यक्ष गिरीले जानकारी दिए । गिरीले परिवारको सहमतीमा सिल्लाको कंगोमा दाहसंस्कार गरिएको बताए । मृतक सिल्लाकी पत्नी र डेढ वर्षका छोरा छन् ।

clock सोमबार २०, कार्तिक २०८० ०९:३२

प्रतिक्रिया