कैलालीको मोहन्यालले भूकम्प पीडितलाई साढे १३ लाख दिने

  सोमबार २०, कार्तिक २०८० ०६:१५

धनगढी । कैलालीको मोहन्याल गाउँपालिकाले भूकम्प पीडितलाई साढे १३ लाख रुपैयाँ सहयोग दिने भएको छ।

जाजरकोट जिल्लालाई केन्द्र बिन्दु बनाएर गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको घटना प्रति दुःख व्यक्त गर्दै सो गाउँपालिकाले राहत स्वरुप साढे १३ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो।

गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायका अनुसार गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी र शिक्षकको मासिक तलब सुविधाबाट सहयोग गर्ने भएको हो। 

जनप्रतिनिधिले आफ्नो १० दिनको, अधिकृत स्तरको कर्मचारीले ५ दिनको र सहायक तथा सहयोगी कर्मचारीले आफ्नो ३ दिन बराबरको र माध्यमिक तहका शिक्षकहरुले ५ दिनको र अन्य तहको शिक्षकहरुले ३ दिन बराबरको पारिश्रमिक भूकम्प पीडितहरुलाई दिने भएका हुन्।

clock सोमबार २०, कार्तिक २०८० ०६:१५

प्रतिक्रिया