गेटामा दुर्घटनाग्रस्त अवस्थामा भेटियो मोटरसाइकल

  आइतबार १९, कार्तिक २०८० १०:०३

धनगढी । कैलालीको गेटामा दुर्घटनाग्रस्त मोटरसाइकल फेला परेको छ।

आइतबार बिहान गेटास्थित मनहरा पुल तल दुर्घटनाग्रस्त भएको से ५ प ७४७९ नम्बरको मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

गएराति मोटरसाइकल हुँदा चलाक घाइते भएको अनुमान प्रहरीले गरेको छ। यस सम्बन्धमा अनुसन्धान गरिरहेको मालाखेती प्रहरीले जनाएको छ।

clock आइतबार १९, कार्तिक २०८० १०:०३

प्रतिक्रिया