जाजरकोट भूकम्प : ज्यान गुमाएका १५७ मध्ये १२० जनाको शव आफन्तले बुझे

  आइतबार १९, कार्तिक २०८० ०९:५९

जाजरकोट । जाजरकोट भूकम्पमा परी ज्यान गुमाएका १५७ जनामध्ये १२० जनाको शव आफन्तले बुझेका छन् । ३७ शव भने बुझाउन बाँकी रहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

भूकम्पमा परी  जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने १०६ जना घाइते भएका छन् । त्यसै गरी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन् ।

त्यसै गरी दैलेखमा ३ जना, जुम्लामा ३ जना, सल्यानमा २ जना, प्युठानमा ३ जना, बैतडीमा घाइते ३, रोल्पा र दाङमा एक एक जना गरी जम्मा २५४ जना घाइते भएका छन् ।

clock आइतबार १९, कार्तिक २०८० ०९:५९

प्रतिक्रिया