डोटीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ जना घाइते

  आइतबार १९, कार्तिक २०८० ०६:३७

डोटी । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्युु भएको छ भने पाँच जना घाइते भएको छन् । आइतबार राति  साढे २ बजेको समयमा शिखर नगरपालिका- ६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरा तर्फ जाँदै गरेको ग २ च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्युु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

मृत्युु हुनेमा बाजुराको हिमालि गाउँपालिका–५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने बिमला मलालकि ८ महिना की छोरी प्रार्थना रहेका छन् ।

clock आइतबार १९, कार्तिक २०८० ०६:३७

प्रतिक्रिया