कैलालीमा जुवातास खेलिरहेका सात जना पक्राउ

  आइतबार १९, कार्तिक २०८० ०६:२०

धनगढी । कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् ।

टिकापुर नगरपालिका-२ विकासपुर बस्ने विकास बुढाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय अर्जुन खत्री लगायत ७ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २४ हजार २५ रुपैयाँ र ३ गड्डी ताससहित पक्राउ गरेको बताइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

clock आइतबार १९, कार्तिक २०८० ०६:२०

प्रतिक्रिया