गोदावरी नगरपालिकामा तिहारमा प्लास्टिकका फुल

  शनिबार १८, कार्तिक २०८० ०६:४१

अत्तरिया । कैलालीको गोदावरी नगरपालिकामा तिहार र छठमा प्लास्टिकका फुल,माला तथा अन्य सामग्रीमा प्रतिबन्ध गरिएको छ ।

शुक्रबार नगरपालिकाले एक सूचना जारी गर्दै तिहारमा नगरपालिका क्षेत्रभित्र प्लाष्टिकजन्य फुल माला तथा अन्य प्लाष्टिकजन्य सामाग्रीहरुको उत्पादन, आयात, विक्रि वितरण वा भण्डारण गर्न पूर्ण रुपमा प्रतिबन्ध गरिएको जनाएको छ ।

गोदावरी नगरपालिका क्षेत्र भित्र प्लाष्टिकजन्य फुल माला तथा अन्य प्लाष्टिकजन्य सामाग्रीहरुको उत्पादन, आयात, विक्रि वितरण तथा भण्डारण गरेको पाईएमा उक्त सामाग्रीहरु जफत गरी नियमानुसार कानून बमोजिम कारवाही गरिने सूचनामा उल्लेख छ ।

clock शनिबार १८, कार्तिक २०८० ०६:४१

प्रतिक्रिया