तारा एयरका दुई पाइलटबीच कुटाकुट,उडानमा प्रतिबन्ध

  शुक्रबार १७, कार्तिक २०८० ११:१९

काठमाडौं । रामेछापको विमानस्थलमा दुई पाइलटबीच कुटाकुट भएको छ। तारा एयरका क्याप्टेन संजीव श्रेष्ठ र  सन्तोष शाहबीच विमानस्थलको एप्रोनमा  कुटाकुट भएको हो।

कुटाकुटको कारण भने खुलेको छैन। कुटाकुटको घटना सार्वजनिक भएसँगै विमान कम्पनीले उनीहरूलाई उडानमा प्रतिबन्ध लगाएको छ।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले घटनाबारे छानबिन भइरहेको बताए। उनले कुटाकुट गर्ने दुवै क्याप्टेनलाई उडानमा प्रतिबन्ध लगाएको बताए।

उनले भने,ुदुई क्याप्टेनबीच कुटाकुट भएको कुरा छ। छानबिन समिति बनाएर कुरा बाहिर ल्याउनेछौं। दुवैजना क्याप्टेनलाई सस्पेन्स गरिएको छ। प्रवक्ता बर्तौलाका अनुसार व्यक्तिगत रिसिबीका कारण कुटाकुट भएको  हुनसक्ने बताए।

clock शुक्रबार १७, कार्तिक २०८० ११:१९

प्रतिक्रिया