धनगढीबाट खैरो हेरोईनसहित बैतडीका भरत महरा पक्राउ

  शुक्रबार १७, कार्तिक २०८० ०९:०८

धनगढी । धनगढीबाट खैरो हेरोईनसहित बैतडीका युवक पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका-३ त्रिनगर व्यारेल नजिकबाट २४० मिलिग्राम लागूऔषध खैरो हेरोईनसहित बैतडीको पाटन नगरपालिका-४ बस्ने २१ वर्षीय भरत महरा बिहीबार साँझ पक्राउ परेका हुन्।

प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा महराको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

clock शुक्रबार १७, कार्तिक २०८० ०९:०८

प्रतिक्रिया