कञ्चनपुरमा भान्छा कोठाबाट ८ जुवाडे पक्राउ

  बिहिबार १६, कार्तिक २०८० १०:१४

कञ्चनपुर । कञ्चनपुरमा भान्छा कोठाबाट ८ जुवाडे पक्राउ परेका छन्।

जिल्लाको शुक्लाफाँटा नगरपालिका १ का फलेन्द्र रानाको भान्छा कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाँउका २९ वर्षीय तेजबहादुर  रानासहित ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ४० हजार ९ सय २७ रुपैँया र तास ३ गड्डीसहित पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

clock बिहिबार १६, कार्तिक २०८० १०:१४

प्रतिक्रिया