ट्र्याक्टर दुर्घटना हुँदा डोटीमा एकको मृत्यु

  बिहिबार १६, कार्तिक २०८० ०६:०९

डोटी । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भीमदत्त राजमार्ग अन्तरगत जोरायल गाउँपालिका–१ को गैरा नजिकै सुपप्र ०१००२ ट ६७२३ ट्याक्टर दुर्घटना हुँदा गौरीगंगा नगरपालिका–७, कैलालीका सलिम राना मास्केमगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक निसान्त श्रीवास्तवले जानकारी दिए ।


मजदुर बोकेर जोरायल गाउँपालिका–१ धोरडीदेखि खटेना जाँदै गरेको बेला ट्र्याक्टर दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएका १९ जना मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

घाइतेहरुको उपचारका लागि धनगढी पठाइएको श्रीवास्तवले बताए । घाइतेको परिचय खुल्न बाँकी छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

clock बिहिबार १६, कार्तिक २०८० ०६:०९

प्रतिक्रिया