दशैंको अवधिमा दुर्घटनाबाट सुदूरपश्चिममा नौ को मृत्यु
धनगढी । सुदूरपश्चिममा दशैंको अवधिमा भएका दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् ।
घटस्थापनादेखि पूर्णिमासम्म भएका दुर्घटनाको यो तथ्यांक रहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल उप्रेतीले दशैंको अवधिमा पाँच जिल्लामा भएको सवारी दुर्घटनामा परी नौ जनाको मृत्यु र ११ जना घाईते भएको बताए ।
सबैभन्दा बढी दुर्घटनामा कैलालीमा भएका थिए । यहाँ १० दुर्घटना भएका थिए । जसमा पाँच जनाको मृत्यु भएको थियो । डडेल्धुरा, बझाङ, अछाम र बाजुरा भने एकरएक जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक उप्रेतीले बताए ।
त्यस्तै सोही अवधिमा नियम उल्लंघन गरि सवारीसाधन चलाउने दुई हजार ३ सय ८६ कारबाहीमा १५ लाख ४ हजार राजश्व असुली गरिएको उप्रेतीले जानकारी दिए ।
गत वर्ष दशैं र तिहारका बेला भएका २४ वटा दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको थियो भने ४४ जना घाइते भएका थिए ।
प्रतिक्रिया