टीकापुरमा खैरो हेरोईन सहित भारतीय नागरिक प्रेम सिं पक्राउ

  बुधबार १५, कार्तिक २०८० ११:१४


धनगढी । कैलाली टीकापुर नगरपालिका ८ खक्रौलाबाट प्रहरीले एक जना भारतीय नागरिकलाई ब्राउन सुगर सहित पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा भारतको लखिमपुर खिरी तिकुनिया ठाना ईन्द्रनगर बस्ने ३५ वर्षीय को प्रेम सिं रहेका छन् । 

उनलाई मंगलवार दिउसो साढे तीन बजे खक्रौला नाकाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ

ईलाका प्रहरी कार्यालय टीकापुर कैलालीबाट सादा पोशाकमा खटिएको प्रहरी टोली र प्रहरी चौकी कालाकुण्डा कैलालीबाट प्रहरी नायव निरीक्षक राजेन्द्र बहादुर कुमालको नेतृत्वमा खटिएको टोलीले सिंहले चलाएको UP 31 BY 2728 मोटरसाईकललाई शंका लागि चेकजाच गर्दा उनको साथ बाट ५ ग्राम ४४० मिलि ग्राम खैरो हेरोईन बरामद भएको थियो ।  

खैरो हेरोईन सहित पक्राउ परेका सिंहलाई हिरासतमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

clock बुधबार १५, कार्तिक २०८० ११:१४

प्रतिक्रिया