कैलालीको सुखडबाट जुवा खेलिरहेका सात जना पक्राउ

  बुधबार १५, कार्तिक २०८० १०:४०

धनगढी । कैलालीको सुखडबाट जुवा खेलिरहेका सात जना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय, सुखडका अनुसार ५८ हजार रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो।

घोडाघोडी नगरपालिका–१ सुखडका ३४ वर्षीय विकास पौडेलको घरमा जुवातास खेलिरहेको अवस्थामा पौडेलसहित ७ जनालाई मङ्गलवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको टोलीले उनीहरूलाई नगद ५८ हजार ४ सय ७० रुपैयाँ र ७ गड्डी ताससहित पक्राउ गरेको हो।

clock बुधबार १५, कार्तिक २०८० १०:४०

प्रतिक्रिया