धनगढीमा प्रहरीको स्वीप अप्रेशन, एकैदिन ढाई हजार लिटर लोक्कल ठर्रा नष्ट

  बुधबार १५, कार्तिक २०८० १०:३६

धनगढी । घरेलु मदिरा (लोक्कल ठर्रा) नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय कैलालीले स्वीप अप्रेशन चलाएको छ।

घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण रोक्ने उद्देश्यले सञ्चालित स्वीप अप्रेशन अन्तर्गत मंगलबार साँझ धनगढी उपमहानगरपालिका– २ बाट प्रहरीको टोलीले ढाई हजार लिटर घरेलु मदिरा बरामद गरेर जष्ट गरेको छ। 

साथै मदिरा बनाउन प्रयोग हुने कच्चापदार्थ र भाडाकुँडा समेत बरामद गरेको प्रहीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीको प्रहरी निरीक्षक सन्तोष बस्यालको नेतृत्वमा खटिएको १५ जना प्रहरीको टोलीले अवैध रुपमा बनाइएको घरेलु रक्सी र भाडाकुँडा बरामद गरेको हो

clock बुधबार १५, कार्तिक २०८० १०:३६

प्रतिक्रिया