उच्च पहाडी र हिमाली भेगका एक दुई स्थानमा हिमपातको सम्भावना

  बुधबार १५, कार्तिक २०८० ०६:३१

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

आज बुधबार दिउँसो भने देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। 

देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती भने देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

clock बुधबार १५, कार्तिक २०८० ०६:३१

प्रतिक्रिया