बाजुरामा दुई घरमा आगलागी, १० लाख बढीको क्षति

  मङ्गलबार १४, कार्तिक २०८० ०६:२३

बाजुरा । बाजुरामा दुई घरमा आगलागी भएको छ। जिल्लाको बडिमालीका नगरपालिका–८ राप्काका भरत रावल र विर रावलको घरमा सोमवार दिउँसो आगलागी भएको हो।

आगलागीबाट दुबैजनाको घरमा रहेका सामान जलेर अन्दाजी १० लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। विद्युतको तार सर्ट भएर घरमा आगलागी भएको हो। 

आगलागी बाट मानवीय तथा चौपायको क्षति भने नभएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउँन भने बाकि छ।

clock मङ्गलबार १४, कार्तिक २०८० ०६:२३

प्रतिक्रिया