गौरीफन्टा नाकामा भारतीय प्रहरीद्धारा चेकिङको नाममा नेपालीसँग जबरजस्ती रकम असुली

  सोमबार १३, कार्तिक २०८० १८:२९

धनगढी। कैलालीसँग सिमा जोडिएको गौरीफन्टा नाकामा भारतीय प्रहरीले चेकिङको नाममा नेपालीमाथी जबरजस्ती रकम असुली गर्न थालेको आरोप लागेको छ।

नेपाल भारत सीमा प्रवेशद्वारमा भन्सार विभागमा तैनाथ प्रहरीले चेकिङको नाममा नेपाली नागरिकसँग जबर्जस्ती रकम असुलेको भिडियो भाइरल भैरहेको हो। अस्ती (शनिवार) का दिन गौरीफन्टा नाकामा भन्सार विभागमा तैनाथ दुई जना प्रहरीले चेकिङको नाममा भारतबाट आउने नेपाली प्रति ब्यक्ती रु १०० रुपैयाँ मागेको पीडित लेखराज रिजालले बताए।

रिजालले भने, आफु,श्रिमती,कान्छो भाई, सासुआमा बृन्दावनबाट आउँदै गर्दा गौरीपन्टा नाका कस्टम वारियरमा भारतिय प्रहरीको चेकिङ्ग भैरहेको थियो। शनिवार बिहान ८ बजे हामी भारतबाट आएका नेपालीहरु लाईनमा उभिएर चेकिङ्का क्रममा भारतिय प्रहरीले सय रुपैयाँ मागेको हो,उनले भने। उनले प्रहरीलाई किन पैसा तिनुप¥यो भनेर प्रश्न गर्दा उल्टै भारतिय प्रहरीले पैसा नदिए पर्स चेक गर्ने र पुरै शरिर चेक गरेर पैसा निकाल्ने भन्दै धम्की र लाठीले कुटपटि गर्ने बताए।

त्यसक्रममा साथमा रहेका अन्य नेपाली युवकले विरोध गरेपछि भारतिय प्रहरी जवानले रिजाललाई लाठीले कुटपिट गर्न थालेको र झुटो मुद्दा दर्ता गर्ने धम्की दिएको बताए। हल्ला देखेर नेपाल आउने यात्रुहरूले भिडियो बनाउन थाले, जसका कारण भन्सार कर्मचारीहरू डराएका थिए, उनले भने। 

ब्यारियर छोडेर आफ्नो घरमा लुकेको बताए।पीडित रिजालले जिल्ला प्रशासन कार्यालयसहित भारतीय तथा नेपाली दूतावासलाई घटनाको निवेदन दिने जानकारी दिएका छन्। यता जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले घटनाको बारेमा जानकारी नभएको बताएका छन्।

यस्तै कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टलले जिल्ला प्रशासन कार्यालय कैलालीमा कुनै उजुरी नआएको र सो बारेमा निवेदन आए तत्काल कार्वाही गरिने बताएका छन्।

clock सोमबार १३, कार्तिक २०८० १८:२९

प्रतिक्रिया