ट्राफिकलाई नागरिक एप देखाएर नहुने, लाइसेन्सको हार्डकपी नै चाहिने

  सोमबार १३, कार्तिक २०८० १८:२२

काठमाडौँ । ट्राफिकलाई नागरिक एपमार्फत लाइसेन्स देखाएर मात्र नहुने भएको छ । एक सूचना जारी गर्दै ट्राफिक प्रहरी कार्यालयले लाइसेन्सको हार्डकपि नै चाहिने जानकारी गराएको हो ।

लाइसेन्स प्राप्त हो होइन भन्ने कुराको पहिचानका लागि मात्र नागरिक एप मान्य हुने ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यद्यपि, ट्राफिक नियम उल्लंघन र कारबाही प्रक्रियाका क्रममा भने लाइसेन्सको हार्डकपी नै चाहिने प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा भनिएको छ, ‘हाललाई कुनै चालकले नागरिक एपमा लिंक रहेको सवारी चालक अनुमति पत्र देखाउँदा उक्त चालक लाइसेन्स प्राप्त गरेको व्यक्ति हो होइन भन्ने कुराको जानकारीको लागि मात्र मान्य हुने । तर ट्राफिक नियम उल्लंघन र कारबाही प्रक्रियाको क्रममा भौतिक रूपमा सक्कलै सवारी चालक अनुमति पत्र आवश्यक पर्ने ब्यहोरा जानकारी गराइन्छ । धन्यवाद ।’

clock सोमबार १३, कार्तिक २०८० १८:२२

प्रतिक्रिया