बैतडीमा किशोरीलाई घरमै लगेर बलात्कार : किशोरी गर्भवती, किशोर पक्राउ

  सोमबार १३, कार्तिक २०८० १८:०२

बैतडी। बैतडीमा किशोरीलाई घरमै लगेर बलात्कार गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन्। 

बैतडी पञ्चेश्वर गाउँपालिका वडा नम्बर ४ लडागाउँका १८ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । किशोरी बलात्कारको आरोपमा पञ्चेश्वरकै १७ वर्षीय नाबालक प्रकाउ परेका हुन्।

उनले राति घरमा बोलाएर जबरजस्ती करणी गरेको खुलेको बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । 

उनकाअनुसार ती किशोरले २७ असारको राति र २३ भदौको राति किशोरीलाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्दै किटानी जाहेरी परेको छ। 

पीडित किशोरी बलात्कारपछि गर्भवती भएपछि पोल खुलेको हो। किशोरलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

clock सोमबार १३, कार्तिक २०८० १८:०२

प्रतिक्रिया