कुखुराको प्वाँखहरू जथाभाबी सडकमा पाल्नेलाई ५ हजार जरिवाना

  सोमबार १३, कार्तिक २०८० ०९:१४

धनगढी । धनगढी उपमहानगरपालिकाले कुखुराको प्वाँखहरू जथाभाबी सडकमा फाल्नेलाई जरिवाना गरेको छ । 

रातीको समयमा आफ्नो मासु पसलका कुखुराको प्वाँखहरू जथाभाबी सडकमा फाल्नेलाई ५ हजार जरिवाना गरेको छ । 

उपमहानगरपालिकाको सरसफाइ शाखाले सडकमा प्वाँख फाल्नेलाई सम्झाई बुझाइ समेत गरेको जनाएको छ । 

स्वच्छ धनगढी निर्माणकालागि सम्पूर्णले आ–आफ्नो क्षेत्रबाट महत्त्वपूर्ण योगदान गरिँदिन समेत उपमहानगरपालिकाले अनुरोध गरेको छ ।

clock सोमबार १३, कार्तिक २०८० ०९:१४

प्रतिक्रिया