कञ्चनपुरको हल्दुखालबाट ८ जुवाडे पक्राउ

  सोमबार १३, कार्तिक २०८० ०८:३१

कञ्चनपुर । कञ्चनपुरको हल्दुखालबाट ८ जुवाडे पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–७ हल्दुखाल स्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा भीमदत्त नगरपालिका–६ ऐंठपुरका ४० वर्षीये पारस भट्टसहित ८ जनालाई आईतबार राति प्रहरीले पक्राउ गरेको हो।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई १ लाख १४ हजार १ सय १० रुपैँया नगद, १ गड्डी तास, मोटरसाईकल ६ थान र स्कुटी १ थानसहित उनीहरुलाई पक्राउ गरेको बताएको छ। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी प्रकाश डाँगीले जानकारी दिए। 

clock सोमबार १३, कार्तिक २०८० ०८:३१

प्रतिक्रिया