कञ्चनपुरमा विभिन्न अपराध गरी फरार रहेका तीन जना पक्राउ

  सोमबार १३, कार्तिक २०८० ०७:४५

कञ्चनपुर ।  कञ्चनपुरमा विभिन्न मुद्दामा फरार रहेका तीन जना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–५ का पंकज चन्द पक्राउ परेका छन्। उनलाई अदालतले लागुऔषध  मुद्दामा ४ महिना कैद सजाए सुनाएको थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए।

यस्तै सवारी ज्यान मुद्दामा फरार रहेका महाकाली नगरपालिका–९ का लखन रावल पक्राउ परेका छन्। रावललाई १ वर्ष कैद, ५ महिना ४ दिन कैद र २ हजार रुपैँया जरिवाना तोकिएको थियो। चनद पनि सोहि दिनबाटै फरार रहेका थिए।

चोरी मुद्दामा फरार रहेका भीमदत्त नगरपालिका–४ का युवराज शाहु आइतवार पक्राउ परेका छन्। शाहुलाई अदालतले ९ महिना कैदको सजाए सुनाएको थियो।

तीनै जनालाई हिजो अदालतले सजाय भुक्तानको लागि कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

clock सोमबार १३, कार्तिक २०८० ०७:४५

प्रतिक्रिया