बझाङमा लागुऔषध सहित हेयर कटिङ सञ्चालक धामी पक्राउ

  सोमबार १३, कार्तिक २०८० ०७:२७

बझाङ ।  लागु औषध सहित बmझाङका एक जना व्यापारी पक्राउ परेका छन् । सदरमुकाम चैनपुरमा रहेको सुर्जन हेयर कटिङका सञ्चालक सुर्जन धामीलाइ लागुऔषध सहित पक्राउ गरीएको जिलला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

पसल भित्र लागु औषध लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट पहरी सहायक निरीक्षक शम्भु धामीको कमाण्डमा–२ जनाको प्रहरी टोलीले पसलमा शंका लागी खानतलासी गर्दा काठको घर्रा भित्र लुकाई छिपाई राखेको ट्रमाडोल लगायतका लागु औषध फेला पारीएको थियो ।

उक्त लागुपदार्थ फेला पार्ने बितीकै प्रहरी नायब निरीक्षक भरत शाह सहितको टोलीले लागुपदार्थ बरामद गरी सुर्जन धामीलाई नियन्त्रणमा लिएको जनाइएको छ । यसबिषयमा थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ ।

clock सोमबार १३, कार्तिक २०८० ०७:२७

प्रतिक्रिया