कैलालीको लम्कीचुहाबाट दुई बालक बेपत्ता

  आइतबार १२, कार्तिक २०८० १९:२०

कैलाली । कैलालीमा दुई बालक बेपत्ता भएका छन्। अछामको तुर्माखाद गाउँपालिका–६ तलौनीका १० वर्षीय लक्ष्मण विक र कैलालीको लम्कीचुहा नगरपालिका–५ तलौनीका १४ वर्षीय प्रकाश डाडाबाडी बेपत्ता भएका छन्। 

उनीहरु लम्कीचुहा नगरपालिका–५ तिलकपुरमा बस्दै आएका थिए। दुबै जना लम्कीचुहाबाट कार्तिक ८ गते देखि बेपत्ता भएका हुन्। उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। 

खोजीका लागि धेरै प्रयास गर्दा पनि फेला नपरे पछि प्रहरीमा निवेदन समेत दिएको बलबहादुर विकले बताएका छन्। उनलाई कसैले फेला पारेमा नजिकैको प्रहरी चौकीमा खबर गरिदिन अनुरोध समेत गरेका छन्।

clock आइतबार १२, कार्तिक २०८० १९:२०

प्रतिक्रिया