रोयल्टी नतीरी बालुवा तस्कर गर्ने ४ ट्याक्टर धनगढी उपमहानगरको नियन्त्रणमा

  आइतबार १२, कार्तिक २०८० १९:१३

धनगढी । रोयल्टी काटेको रसिद नभएका चारवटा ट्याक्टरलाई धनगढी उपमहानगरपालिकाले आफ्नो नियन्त्रणमा लिएको छ।

उपमहानगरभित्र कार्यरत नगर प्रहरी बलको छड्के चेकजाँचको क्रममा रोयल्टी काटेको रसिद नभएका ट्याक्टर फेला परेपछि चारवटा ट्याक्टरलाई नियन्त्रणमा लिइएको हो। 

यही कात्तिक १० गते राती ८ः३० मा बेली पुल नजिक रोयल्टी काटेको रसिद नभएको सुदूरपश्चिम प्रदेश ०१००२ त ६७५२ ट्रली नम्बर से १ त ४३६९ सहित नगर प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो।

त्यस्तै शनिबार बिहान ५ बजे  धनगढी उपमहानगरपालिका–१७ पथरीघाट नजिकबाट पनि रोयल्टी काटेको रसिद नभएको सुदूरपश्चिम प्रदेश ०१००२ त ९८९६, बिहान ८ बजे  धनगढी उपमहानगरपालिका–५ तारानगर हिमशिखर अगाडि रोयल्टी काटेको रसिद नभएको से १ त ४९९८, साँझ ७ः२० बजे धनगढी उपमहानगरपालिका–१७ पथरीघाट नजिक से १ त ४७०५ र से १ त ९५६० नम्बरको ट्याक्टरलाई नगर प्रहरी बलले नियन्त्रणमा लिएर उपमहानगर परिसरभित्र राखेको छ।

clock आइतबार १२, कार्तिक २०८० १९:१३

प्रतिक्रिया