कञ्चनपुर घर भएका प्रहरी जवान आकाशको मोटरसाइकल दुर्घटनामा परी मृत्यु

  आइतबार १२, कार्तिक २०८० ०७:४२

धनगढी । मोटरसाइकल दुर्घटनामा परी कञ्चनपुर घर भएका एक प्रहरी जवानको मृत्यु भएको छ। कञ्चनपुरको भिमदत्त नगरपालिका–११ घर भई हाल ईलाका प्रहरी कार्यालय निजगढ, बारामा कार्यरत प्रहरी जवान आकाश सुनारको दुर्घटनामा मृत्यु भएको हो।

ड्युटीको सिलसिलामा जितपुर सिमरा उपमहानगरपालिका–१६ ग्रिनलाइट होटल अगाडि उनले चलाएको ज१२प ७१५४ नम्बरको मोटर साइकल अनियन्त्रीत भइ दुर्घटना हुँदा उनी घाइते भएका थिए।

सुनारको प्रादेशिक अस्पताल कलैयामा उपचार पश्चात् थप उपचारको लागि एलएस न्यरो अस्पतालमा लगिएकोमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।

clock आइतबार १२, कार्तिक २०८० ०७:४२

प्रतिक्रिया