बैतडीमा जिप र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक घाइते

  शनिबार ११, कार्तिक २०८० १३:२०

बैतडी । बैतडीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकल चालक घाइते भएका छन्।

जिल्लाको पाटन नगरपालिका–५ स्याडीखोलमा पाटनबाट मेलौलीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०२ ००१ च ८४१ नम्बरको जिप र मेलौलीबाट पाटनतर्फ आइरहेको म २ प ६९१६ नम्बरको मोटरसाइकल शनिबार बिहान एकआपसमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

दुबै सवारी एकआपसमा ठोक्किदा मोटरसाइकल चालक मेलौली नगरपालिका–६ का २१ वर्षीय नरेन्द्र भट्ट गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। 

गम्भीर घाइते भट्टलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ। जिप चालक अम्बादत्त पन्त र जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

clock शनिबार ११, कार्तिक २०८० १३:२०

प्रतिक्रिया