धनगढीको राजपुरबाट १२ जना जुवाडी पक्राउ

  शनिबार ११, कार्तिक २०८० ०९:३६

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकामा जुवाखालबाट १२ जना पक्राउ परेका छन्। शुक्रबार राति धनगढी–१३ राजपुरस्थित एक टहराबाट उनीहरुलाई एक लाख एक हजार २६५ नगद र ३ गड्डी ताससहित पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा धनगढी–१३ बस्ने वर्ष ३१ का कमल बडायक, वर्ष ३३ का सुवा राना, वर्ष ३३ का राधेश्याम राना, वर्ष २६ का भरत राना, वर्ष ४९ का भरत राना, वर्ष ४३ का राम नन्द राना, वर्ष ३२ का रुपेन्द्र ओझा, वर्ष २९ का शिब कुमार राना, वर्ष २३ का सुरेश राना, वर्ष ४२ का पिरागी राना, वर्ष ४० का नबोध झा र वर्ष २८ का योगेन्द्र महरा रहेका छन्।

नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र वडा प्रहरी कार्यालय धनगढीको टोलीले उनीहरुलाई समातेको हो। पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा ल्याएर थप अनुसन्धान भइरहेको बताइएको छ।

clock शनिबार ११, कार्तिक २०८० ०९:३६

प्रतिक्रिया